कोरोनाबाट बच्न शाकाहारी भोजन !

कोरोना महामारीको सुरुवातदेखि नै कुनै विशेष प्रकारको खाद्य पदार्थले भाइरसबाट बचाउन सहयोग गर्छ भन्ने बहस चल्दै आएको छ। 

हालै बीएमजे न्यूट्रिशन प्रिबेन्सन एण्ड एंड हेल्थ नामक जर्नमा प्रकाशित एउटा रिपोर्टमा शाकाहारी शाकाहारी भोजन (तर दुध जन्य पदार्थ नखाने) र फिसटेरिएन (माछा मात्र खाने) जसबाट कोरोनाको खतरा ६५ प्रतिशत कम हुने बताइएको छ। 

उक्त रिपोर्ट अनुसार कम कार्बोहाइड्रेट र अत्याधिक प्रोटिन खाने व्यक्तिहरुलाई यो रोगले छिटो समातेको छ। 

यूरोपका केवल छ देशका तीन हजार चिकित्सकको अनुभवमा आधारित भएको अनुसन्धानका कारण यसलाई पूर्ण मान्न नसकिएता पनि शाकाहारी भोजन लिनेहरु भन्दा मांसहारी भोजन लिने व्यक्तिहरु बलियो हुने सर्वविदित छ। 

यसैबीच अमेरिकाका एक वरिष्ट चिकित्सक अल्फ्रेड कोलिजले यो अध्यन सम्पूर्ण नभए पनि यसका धेरै विषय वस्तुहरुलाई नकार्न नसकिने बताएका छन्। 

प्रकाशित मिति: : 2021-06-14 17:49:00

प्रतिकृया दिनुहोस्