गृहमन्त्री खगराज अधिकारीले भारतले एक इन्च पनि नेपालको सीमा मिचे मान्य नहुने बताएका छन्।
बिहीबार गृहमन्त्रीको सफत खाएलगतै कार्यभार समाल्दै मन्त्री अधिकारीले छिमेकी मुलुकले एक इन्चमात्र सिमाना मिच्न नपाउने बताए।
उनले गृह मन्त्रालयका मातहतका कर्मचारी र सुरक्षा निकायले २४ घण्टै काम गर्न निर्देशन समेत दिए।
'गृह मन्त्रालयमा काम गर्ने कर्मचारीले मेरो ड्युटी सकियो भन्ने हैन, सुरक्षा र शान्तिको लागि जुन कुनै मिनेटमा पनि खटिनुपर्छ', मन्त्री अधिकारीले निर्देशन दिँदै भने।
मन्त्री अधिकारीले कर्मचारीले भ्रष्टाचार गरेको थाहा पाए तत्काल कारवाही गर्न उनले मातहतका प्रमुखलाई समेत निर्देशन दिए।
मन्त्री अधिकारीले ७७ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई चुस्त काम गर्ने दिर्नेशन समेत दिएका छन्।