अनलाइनखबर
सरकारले जेठ–१५ को बजेट वक्तव्य मार्फत ‘खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ’ भनेसँगै अहिले चुरे पहाडमा खानी खोल्ने विषय चर्चामा छ।
बजेटको बुँदा– १९९ ले चुरे लगायतका पहाडमा खानी सञ्चालन गरी निर्माण सामग्री निकासी गर्ने संकेत गरेसँगै वातावरणविद् तथा अभियन्ताहरू आक्रोशित बनेका छन्। उनीहरूले चुरे दोहन हुँदा तराई मरुभूमि बन्ने भन्दै सरकारी निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन्।
यसै सन्दर्भमा हामीले त्रिचन्द्र क्याम्पस भूगर्भ विभागका सहप्राध्यापक डा.सुबोध ढकालसँग चुरे पर्वतको विषयमा कुरा गरेका छौं। डा. ढकाल चुरे पहाडको पहिरो अनुसन्धान तथा विपद् अध्ययनकर्ता पनि हुन्।
चुरेको भौगोलिक बनोट, महत्त्व तथा सरकारी कदमबारे डा. ढकालसँग गरिएको कुराकानीको सम्पादित अंश :
‘चुरे’ भनेर वैज्ञानिक रूपमा हामीले कुन भौगोलिक क्षेत्रलाई बुझ्ने ?
नेपालको पाँचवटा धरातलीय स्वरूप छ। सबैभन्दा दक्षिणमा तराई छ, त्यसको उत्तरमा चुरे, त्यसपछि महाभारत पर्वतशृङ्खला, त्यसभन्दा उत्तरमा उच्च हिमाली भाग र उत्तरमा हिमालय पर्वत छ। यीमध्ये दक्षिणतिरको सबैभन्दा पहिलो पहाड जुन बनोटको आधारमा सबैभन्दा कान्छो पहाड हो त्यसैलाई चुरे भनेर चिनिन्छ।
यसो त बनोटका आधारमा हिमालय पर्वतशृङ्खला संसारका पर्वतशृङ्खलामध्ये सबैभन्दा कान्छो हो भने हिमालयभित्रको पनि कान्छो पहाडको रूपमा चुरे पर्दछ। यो पवर्तशृङ्खला नेपालमा मात्र नभई अफगानिस्तानदेखि बर्मासम्म फैलिएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया