दुई अर्बको नुनको कारोबारमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकारको नजर, बजेटबाटै खोलियो ढोका

बजारमा आयोडिनयुक्त नुनको मूल्य किलोको २० रुपैयाँ पर्छ। तर, आयोडिनसमेत नभएको नुनलाई १६ गुणा बढी मूल्यमा बिक्री गरेको पुष्टि हुँदा पनि कम्पनीका मालिक मोती दुगडलाई कारबाही भएन।

किनकि उनी स्वयं वाणिज्य राज्यमन्त्रीको जिम्मेवारीमा थिए। उनी अहिले प्रधानमन्त्री केपी ओलीका विशेष आर्थिक सल्लाहकार छन्। उनलाई अब साल्ट ट्रेडिङले गर्दै आएको करिब दुई अर्बको नुनको व्यापार र दुर्गममा नुन ढुवानीवापत हुने १७ करोड अनुदानमा भाग लगाएर दिने गरी बजेटमा व्यवस्था भएको छ।

दुगड वाणिज्य राज्यमन्त्री रहेकै वेला उनको कम्पनीले नुनमा कालोबजारी गरेको भनेर राष्ट्रिय उपभोक्ता मञ्च नेपालले गत असोजमा सीधै प्रधानमन्त्रीसमक्ष लिखित उजुरी दिएको थियो। बजारमा साल्ट ट्रेडिङले बजारमा बेच्ने आयोडिनयुक्त नुनको मूल्य किलोको २० रुपैयाँ छ। तर, जम्मा सय ग्राम नुन प्याकेजिङ गरेर ३५ रुपैयाँमा बिक्री गरेर कालोबजारी गरेको दाबी उजुरीमा गरिएको थियो। 

प्रकाशित मिति: : 2021-06-03 06:46:00

प्रतिकृया दिनुहोस्