योगेश भट्टराई र गोकर्ण विष्ट माधव समूहमै

नेकपा एमालेका नेता योगेश भट्टराई  र गोकर्ण विष्टले पार्टीबाट निकालिएका माधवकुमार नेपाल समूहसँग मिलेर संयुक्त वक्तव्य निकालेका छन्।

गत ७ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेता भट्टराईले असहमति जनाउँदै  हस्ताक्षर गर्न अस्वीकार गरेका थिए। नेता विष्टले पनि  विपक्षी दलको बैठकमा सहभागी भए पनि देउवालाई प्रधानमन्त्री बनाउन बटुलिएको भनिएको हस्ताक्षर आफूले नदिएकाे भन्दै स्पष्टीकरणसमेत दिएका थिए। 

खनाल-नेपाल समूहका  २६ जनाले गरेको हस्ताक्षरमा उनीहरुले हस्ताक्षर नगरेपछि माधव नेपाल समूहलाई छोडेको धेरैकाे अनुमान थियाे।

तर आज (बुधबार) भट्टराई र विष्ट दुबैले नेपाल समूहका  झलनाथ खनाल, माधवकुमार नेपालसहित १५ स्थायी कमिटी सदस्यसँग मिलेर यस्ताे वक्तव्य निकालेका छन्:



माधव नेपाल नेतृत्व समूहकाे वक्तव्य: ओलीका निरंकुश कदमविरुद्ध एकताबद्ध बनाै (पत्रसहित)

योगेश भट्टराईले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा गरेनन् हस्ताक्षर

सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट भन्छन्- देउवालाई समर्थन छैन, हस्ताक्षर दुरुपयोग भयो

प्रकाशित मिति: : 2021-05-26 19:03:00

प्रतिकृया दिनुहोस्