सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट भन्छन्- देउवालाई समर्थन छैन, हस्ताक्षर दुरुपयोग भयो

Breaknlinks
Breaknlinks

नेकपा एमाले माधवकुमार नेपाल समूहका सांसद सुरेन्द्र पाण्डे र गोकर्ण विष्टले  विपक्षी दलको बैठकमा सहभागी भए पनि देउवालाई प्रधानमन्त्री बनाउन बटुलिएको भनिएको हस्ताक्षर आफूहरूले नदिएको बताएका हुन्। 

दुवै नेताले संसद बैठक बोलाउन भनेर संकलन गरिएको हस्ताक्षर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि बहुमत जुटाउन प्रयोग गरिएको भन्दै आपत्ति  जनाएका छन्। 

त्यस्तै नेताहरु घनश्याम भुसाल, नारायण खतिवडा र गणेश पहाडीले पनि आफूहरूको हस्ताक्षर दुरूपयोग भएको भन्दै संसदीय दलका नेता ओलीलाई जानकारी गराएको स्रोतले बताएको छ। 

प्रकाशित मिति: : 2021-05-21 16:38:00

प्रतिकृया दिनुहोस्