एमालेबाट माधव नेपाल, भीम रावलसहितका नेतालाई निष्कासनको तयारी, योगेशको नाम कारवाहीको सूचीबाट हट्यो

नेकपा एमालेले पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वउपाध्यक्ष भीमबहादुर रावलसहितका नेताहरुलाई निष्कासन गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दा अनुपस्थित हुने अर्का नेता योगेश भट्टराईलाई भने कारवाहीको सूचीबाट हटाएको छ।

एमालेका एक शीर्षनेताले दिएको जानकारीअनुसार, शनिवार अपरान्ह ४ बजे बस्ने एमाले स्थायी कमिटी बैठकले पूर्वप्रधानमन्त्री नेपाल र पूर्व उपाध्यक्ष रावललाई निष्कासन गर्ने तयारी छ।

‘अरु केही नाममा छानबीन गर्न बाँकी भएकाले एकै पटक टुंगो गर्ने भन्ने निर्णय गरे मात्र हो, नत्र उहाँहरुलाई आजै निष्कासनको निर्णय हुन्छ’, उनले भने।

हाल नेपाल र रावल एमालेबाट छ महिनाका लागि निलम्बित छन्। नेपाल नेतृत्वको ‘समानान्तर समूह’ नेताहरु पूर्व उपमहासचिव घनश्याम भुसाल, पूर्वसचिव गोकर्ण विष्ट, नेता सुरेन्द्र पाण्डेलाई भने तत्काल निस्कासनको निर्णय गर्ने कि नगर्ने भन्ने टुंगोमा पुगिसकेका छैनन्।

पाण्डे र विष्टले एमालेमै रहेर काम गर्ने इच्छा शुक्रबारको कार्यदल बैठकमै व्यक्त गरेको ती नेताले जानकारी दिए। भुसालबारे भने निष्कासन गर्ने कि नगर्ने भन्नेबारे एमालेभित्र द्विविधा रहेकोले तत्काल निर्णय गरिनहाल्ने संभावना रहेको ती नेताले जानकारी दिए।

एमाले स्थायी कमिटी बैठकले यसअघि बैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा ह्वीप उल्लङ्घन गरी अनुपस्थित हुने २८ जना सांसद्हरु सबैलाई निष्कासनको कारवाही गर्ने छैन तर जेठ ७ गते कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव बोकेर राष्ट्रपति कार्यालयमा जानेहरुलाई भने तत्कालै कारवाही गर्ने छ। 

उक्त प्रस्ताव बोकेर पूर्वप्रधानमन्त्री नेपाल र रावल शितल निवास पुगेका थिए। देउवालाई प्रधानमन्त्री बनाउन एमालेको हस्ताक्षर संकलन पनि रावलले गरेका थिए भने त्यसको ‘कभरिङ लेटर’ बनाउने जिम्मा पनि नेपाल समूहका तर्फबाट रावलले गरेका थिए।

त्यसबाहेक राष्ट्रियसभा सदस्यको वागमती प्रदेशमा भएको उपचुनावमा पार्टीका उम्मेद्वार रामबहादुर थापालाई हराउन भूमिका खेल्ने एमाले पूर्व उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डेलाई पनि एमाले स्थायी कमिटीको शनिवार बस्ने बैठकले कारवाहीको प्रक्रिया थाल्ने छ।

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा शनिबारै बसेको बसेको संसदीय बोर्डले शाक्यसहित १८ जनालाई २४ घन्टे स्पष्टीकरण सोधिसकेको छ।



राष्ट्रियसभा उपचुनावमा बादललाई हराउने १४ प्रदेश सांसदमाथि एमालेले थाल्याे कारवाही (सूचीसहित)

प्रचण्ड–माधवका दुई ‘मिशन’: ओलीकाे साटाे अर्कै चुनावी सरकार बनाउने, कांग्रेससँग मिलेर एमालेविरुद्ध घेराबन्दी गर्ने

लेखा समितिको हलमा सबै सँगै बसेर हस्ताक्षर गरेका हाैँ, अहिले नेताहरुले किन होइन भन्ने ? :  विरोध खतिवडा

प्रकाशित मिति: : 2021-05-22 15:37:00

प्रतिकृया दिनुहोस्