वागमती प्रदेशका मुख्यमन्त्री एवम् संसदीय दलका नेता डोरमणि पौडेलको अध्यक्षतामा शनिबार बसेको संसदीय बोर्डको बैठकले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमाले पार्टीका उम्मेदवार रामबहादुर थापालाई पराजित गर्न सक्रिय भूमिका खेलेकाे आराेपमा १४ जना बागमती प्रदेशसभा सदस्यलाई कारवाही प्रक्रिया अघि बढाएको छ।
नेतृ अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, वसन्त मानन्धर, रचना खड्का, मुनु सिग्देलसहित १४ जनासँग २४ घण्टाभित्र जवाफ पेश गर्ने गरी स्पष्टीकरण साेध्ने निर्णय गरेको छ।
उनीहरुलाई आइतवार साँझ ५ बजेसम्म स्पष्टीकरण पेश गर्न समय दिइएकाे एमाले बागमती प्रदेश सभा संसदीय दलकाे कार्यालयले जनाएकाे छ।
प्रदेशसभामा ५६ जना एमाले सांसदमध्ये माधव पक्षमा २१ जना थिए।
निम्नानुसारका नेताहरु कारवाहीमा परेका हुन्:
अष्टलक्ष्मी शाक्य
राजेन्द्र पाण्डे
अरुण नेपाल
रचना खड्का
कुसुमकुमार कार्की
बसुन्धरा हुमागाईं
मुनु सिग्देल
इन्द्रमाया गुरूङ
कृष्णप्रसाद खनाल
बसन्तप्रसाद मानन्धर
शान्तिराम पौडेल
मिना ज्ञवाली
लक्ष्मण लम्साल
पार्वती सिलवाल