सुरेन्द्र, घनश्याम र योगेशले विश्वासको मत दिनुपर्ने बताएपछि माधव नेपाल राजीनामाबाट पछि हट्न बाध्य

एमालेको 'समानान्तर समूह' का नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिष्टलगायतले सांसद् पदबाट राजीनामा दिन नहुने बरु संसद्मा गएर प्रधानमन्त्रीलाई विश्वासकाे मत दिनुपर्ने धारणाा राखेपछि एमालेभित्रकाे माधव नेपाल पक्ष राजीनामाबाट पछि हट्न बाध्य भएको छ । 

कोरोना भाइरस संक्रमणका कारण घरमै आराम गरिरहेका पाण्डे यसअघिदेखि नै आफ्नै दलका नेता ओलीलाई विश्वासको मत दिनुपर्ने धारणा राख्थे । नेता नेपाल र भीम रावल ह्वीप उल्लङ्घनको पक्षमा उभिएका थिए । त्यसको विकल्पका रुपमा घनश्याम–योगेशले बरु  सामूहिक राजीनामा गरौँ  भन्ने विकल्प अघि सारेका थिए ।

यसै विकल्पमा तानिएका नेपाल भने ओलीलाई विश्वासकाे मत नदिने अडान राखिरहे तर शनिवार ओलीसँग छलफलपछि घनश्याम भुसाल, योगेश भट्टराई पनि सुरेन्द्रको जस्तै मत दिनुपर्नेमा पुगेका थिए । त्यसपछि नेपाललाई पनि मत दिने पक्षमा  मिलाउन  निरन्तर लागिपरे पनि घनश्याम, योगेश सफल हुन सकेनन् ।

समूह जाेगाउने प्रयासमा घनश्याम, योगेश आजसम्म सिंहदरबारमा नेपालसँग छलफलमा गएका थिए।  सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिष्टलगायत नेतासहित उनीहरुनिकट सांसद्ले राजीनामा नगर्ने बरु प्रधानमन्त्री ओलीलाई विश्वासकाे मत दिनुपर्ने अडान राखेपछि माधव नेपालले पछि हटेर बरु संसद्मा अनुपस्थित हुने निर्णय गरेका हुन्।

 

प्रकाशित मिति: : 2021-05-10 12:00:00

प्रतिकृया दिनुहोस्