लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले लिए सपथ

लुम्बिनी प्रदेशका पुन:नियुक्त मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री पोखरेललाई सपथ ग्रहण गराएका हुन्। 

पाेखरलले आजै बिहान धारा १६८ काे उपधारा १ अनुसार एमालेको एकल सरकार गठन गर्न मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।

मुख्यमन्त्री पोखरलसँगै बैजनाथ चौधरीले आर्थिक मामिला तथा योजना मन्त्री र हरी रिजालले स्वास्थ मन्त्रीको सपथ लिएका छन्।


पोखरेल पुन: मुख्यमन्त्री नियुक्त, विमलालाई दलत्याग ऐनअनुसार कारवाही हुने

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेल प्रदेशसभा सदस्य विमला वली माओवादीकेन्द्रमा लाग्ने घोषणा गरे पनि पुन: आजै मुख्यमन्त्री नियुक्त भएका छन्।

पोखरेललाई प्रदेश प्रमुखबाट आजै (आइतबार) सपथ ग्रहण गराउने तयारी छ। पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले एकल सरकार गठन गर्ने छन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्।

पोखरेलले प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसमक्ष राजीनामा बुझाएका हुन्। उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले एकल सरकार गठन गर्न राजीनामा दिएका हुन्।

पाेखरेललाई संकटमा पार्दै दाङकी सांसद विमला केसी माओवादी प्रवेश

नेकपाबाट लुम्बिनी प्रदेशसभा सदस्य बनेकी दाङकी सांसद विमला केसी माओवादी केन्द्रमा लागेकी छिन्।

उनले नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता कुल प्रसाद केसीलाई पत्र लेख्दै आफू माओवादीमा केन्द्रमा प्रवेश गरेको जानकारी गराएकी हुन्।

प्रकाशित मिति: : 2021-05-02 20:33:00

प्रतिकृया दिनुहोस्