महान्यायाधिवक्ता खरेलले राजीनामापछि भने, 'अब बाँकी जीवन राजनीतिमै लगाउने छु'

महान्यायाधिवक्ता अग्नि खरेलले आफू अब राजनीतिमा फर्किने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएपछि आफ्नो कार्यकक्षमा सञ्चारकर्मीसामु उनले भने, ‘प्रधानमन्त्रीसँग छलफल गरेर राजीनामा गरेको छु अब बाँकी जीवन राजनीतिमै लगाउने छु।'

महान्यायाधिवक्ता खरेलले आफूले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएको जानकारी गराए।

‘विगतमा जे गरेको थिएँ, साविककै तिर जाने आशयका साथ राजीनामा दिएको छु। अब बाँकी जीवन राजनीतिक जीवनमै फर्किन्छु।’

‘तपाईंहरुले अस्ति केही चिजहरु मिडियामा लेख्नुभयो, क–कसले लेख्नुभयो तपाईंहरु आफै जान्नुहोस्, मैले त्यो कुरा गरेको थिइनँ। आज मैले तपाईंहरुको ईच्छा पूरा गर्दैछु। आज मैले तपाईंहरुले लखेबमोजिमको काम गरेर आएको छु। सम्माननीय प्रधानमन्त्री ओलीलाई भेटेर आएको छु र मैले आफ्नो पदबाट राजीनामा दिएको छु।'

पूर्व कानूनमन्त्री समेत रहेका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन्।



महान्यायाधिवक्ता खरेलकाे राजीनामा, झापाबाट चुनाव लड्ने तर्खर

प्रकाशित मिति: : 2021-03-19 14:14:00

प्रतिकृया दिनुहोस्