प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ।
आइतबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो। प्रचण्ड उपमहासचिव वर्षमान पुनलाई साथ लिएर ओली भेट्न सिंहदरबार पुगेका थिए।
भेटवार्ताका क्रममा संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने, सम्बन्धित आयोगहरूमा गरिने नियुक्तिहरू लगायत समसामयिक सवालमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठमा प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि सहभागी छन्। दुई दलका शीर्ष नेताहरूबीचको छलफल जारी छ।