केपी ओली एक नम्बर अध्यक्ष, प्रचण्ड–माधवतर्फका नेता लर्को लागेर आउँदैछन्ः मन्त्री रायमाझी

नेकपा (ओली) समूहका नेता तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टीको एक नम्बर अध्यक्ष भएको दाबी गरेका छन्।

निर्वाचन आयोगमा अध्यक्ष ओलीको मात्रै हस्ताक्षर चल्ने उनले बताए। नेता रायमाझीले भने, ‘हिजोका दिनहरुमा पनि उहाँको मात्रै हस्ताक्षर चल्थ्यो। पुष्पकमल दाहालको हस्ताक्षर चल्दैन्थ्यो। त्यसैले ओली नै पहिलो अध्यक्ष हुनुहुन्छ।’

बुटवलमा ओली पक्षले गरेको सभामा बोल्दै रायमाझीले पूर्वमन्त्री वर्षमान पुन, घनश्याम भुसाललगायतका पूर्वमन्त्रीलाई सरकार छाँडेर जाँदा घरमा आँगो लगाएर गएको आरोप लगाए। उनले भने, ‘तीन वर्षसम्म मजाले सरकारमा बसेका मन्त्रीहरु घरमा आगो लगाएर गए।’ 

प्रचण्ड समूहले झुटको खेती गरिरहेको रायमाझीले बताए। उनीहरूले यता आउँछन् भन्ने हल्ला फिजाएका छन्। त्यो सत्य होइन, उनले भने– अब उतातिर जाने होइन, उताका नेताहरू ओलीतिर लर्को लागेर आउँदैछन्।

प्रकाशित मिति: : 2021-02-13 15:33:00

प्रतिकृया दिनुहोस्