अख्तियारले सबै क्षेत्रका अनियमिततामा कडा निगरानी राख्ने छ : अख्तियार प्रमुख राई

बिएल संवाददाता

काठमाडाै‌ं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सबै क्षेत्रका अनियमिततामा अख्तियारले कडा निगरानी राख्ने बताएका  छन्। अनियमिततामा संलग्न सबैलाई कानुनी दायरामा ल्याइने पनि उनले बताए।

अख्तियारको ३० औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त राईले भने, ‘सरकारी, सार्वजनिक जमीन अतिक्रमण गर्ने जोकोहीलाई अनुसन्धान गरेर कारबाही गरिने छ।’

'पछिल्लो समय सार्वजनिक जग्गा हडप्ने क्रम बढिरहेको छ। यसलाई अख्तियारले पनि चासो दिएको छ। ‘सार्वजनिक जमीन अतिक्रमण गर्ने, खोला -खोल्सा तथा पर्ति जमीन ओगट्ने कार्य सह्य हुने छैन,’ प्रमुख आयुक्त राईले भने, ‘सार्वजनिक पदाधिकारी वा उनीहरू जोडिएका जोसुकैलाई अनुसन्धान गर्ने र रोक्ने कार्य आयोगको प्राथमिकतामा रहने छ।’

औषधि खरीद लगायतमा भएका भ्रष्टाचारसम्बन्धी थुप्रै उजुरी आयोगमा दर्ता भएको बताउँदै उनले भने, ‘प्राथमिकता दिएर घूसखोरी र विचौलियालाई निगरानी गर्न विशेष टोली खटाइने छ। सरकारी निकाय, विकासनिर्माण कार्यमा हुने अनियमिततामा पनि अख्तियारको कडा नजर रहने छ।’

प्रकाशित मिति: : 2021-02-10 17:25:00
# .

प्रतिकृया दिनुहोस्