संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले म्यानमारमा गएको सोमाबार भएको सैन्य कू असफल पार्नका लागि विश्व समुदायसँग अपिल गरेका छन्।
उनले चुनावलाई उल्ट्याउनु अस्वीकार्यू भएको बताउँदै कू गर्नेहरूलाई देशमा शासन गर्ने तरिका यो होइन भनेर बुझाउनैपर्ने बताएका छन्।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सम्भाव्य वक्तब्यबारे छलफल गर्दैछ, तर कूको निन्दा हुने कुनैपनि शब्द चीनले रोक्ने ठानिएको छ।
गएको सोमबार बिहान सेनाले निर्वाचित नेतृ आङ साङ सूकीसहितलाई गिरफ्तार गरि सत्ता हातमा लिएको हो । सेनाले देशमा एक वर्षका लागि संकटकाल लागु गरेको छ।