म्यान्मारमा सैन्य ‘कू’, नेपालमा बस्ने रोहिंग्या झन् अन्यौलमा (भिडियो स्टोरी)

विगत एक दशकदेखि नेपालमा शरणार्थीको जीवन बिताइरहेका रोहिंग्या परिवार म्यान्मार (बर्मा) मा चर्किएको राजनीतिक संकटका कारण थप अन्यौलमा परेका छन्।

म्यान्मारको राजनीतिक हलचलसँगै काठमाडौंको कपनमा शरणार्थीको जीवन बिताइरहेका रोहिंग्या परिवारसँग बिएल नेपाली सेवाले मंगलबार दिउँसो कुराकानी गरेको थियो।

बिएल टोली कपन पुग्दा आठ वर्षअघि नेपाल प्रवेश गरेका नोर हाफिज जस्तापाताले घेरिएको घरमा घाम तापेर म्यान्मामा भइरहेको राजनीतिक उथलपुथललाई नियालिरहेका थिए।

देशमा कहिले स्थिरता होला र घर फर्किन पाउँला भन्ने आशामा बसेका उनी पछिल्लो समय देखिएको राजनैतिक अस्थिरताले झनै निरास बनेका छन्।

म्यान्मारको सेनाले माघ १९ गते गत नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको भन्दै ‘कू’ गरेको थियो। गत सोमबार संसदको पहिलो अधिवेशन बस्ने दिनभन्दा एक घण्टा अगाडी राष्ट्रपति तथा प्रजातन्त्रवादी नेतृ तथा प्रधानमन्त्री आङ सान सु कीलाई नजरबन्दमा राख्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको छ। 
यद्यपि सेनाले नयाँ चुनाव गराउन शाषनसत्ता हातमा लिनुपरेको बताएपनि यसको विश्वव्यापी विरोध भइरहेको छ।

हाफिजले भने, ‘एउटै राज्यका दुई पक्षबीच विवाद हुनु राज्यका लागि राम्रो कुरा होइन। आफ्नो देशको कमजोरी बाहिरीलाई देखाउनु हुँदैन।’उनले बर्मामा भएको सैन्य ‘कू’ आफूलाई राम्रो नलागेको बताए। देशमा सैन्य कब्जा हुँदा राम्रो हुन्छ भन्ने ग्यारेन्टी नभएको उनले बताए ।हाफिजको एउटै सपना छ, जसरी पनि देश फर्किने। तर, उनी पछिल्लो राजनीतिक अवस्थाले देश फर्किने वातावरण झन् धुमिल भएको बताउँछन्। 

उनले अर्काको देश भएपनि नेपालमा आफूले माया पाएको बताए।  उनी दुःख व्यक्त गर्दै भन्छन्, ‘नेपालीले सबैलाई समान व्यवहार गर्छन। तर, म्यान्मारमा नेपाल जस्तो गर्दैनन्। त्यहाँ शान्ती छैन।’
उनी प्रजातान्त्रिक दल र सेनाबीच गहिरिएको संकट अविलम्ब अन्त्य भएर आफ्नो देश फर्किन चाहन्छन्। उनले भने, ‘नेपालको जस्तो शान्तिपूर्ण वातावरण बर्मामा हुनु जरुरी छ।’

कपनको राम मन्दिर र लसुनटारमा लगभग ४ सय रोहिंग्या बसोबास गर्छन। यहाँ सन् २०११ देखि २०१८ सम्म म्यान्मारबाट भागेर आएका रोहिंग्या बसोबास गरिरहेका छन्। 


सैन्य ‘कू’ बारे म्यान्मारबाट ‘बिएल भिडियो ब्रिफिङ’

बर्मेली सेनाको प्रष्टीकरण- नयाँ जनादेशमा जान आपतकाल लागू गरिएको हो

म्यान्मारमा भएको सैन्य ‘कू’ प्रति नेपाल मानवअधिकार संगठनको विरोध

सैन्य ‘कू’पछि यस्तो छ म्यान्मारको जनजीवन [फोटो फिचर]

म्यान्मारमा सेनाद्वारा एक वर्ष संकटकाल, अमेरिकाको आपत्ति

म्यान्मारमा सैन्य ‘कू’, आङ सान सु कीसहित प्रजातान्त्रिक नेताहरु नियन्त्रणमा

तानाशाही

सैनिक ‘कू’ ले थलिएको म्यान्मारको अवस्था यस्तो छ [ फोटो फिचर ]

ए... विश्व नेताहरु हो!

म्यानमारको सैनिक ‘कू’, विगत र भविष्य

प्रकाशित मिति: : 2021-02-02 21:03:00

प्रतिकृया दिनुहोस्