सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट ल्याएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा उक्त आकारको बजेट पेस गरेका हुन्।
चालु तर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत, पूँजीगत गर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात २०.८ प्रतिशत तथा वित्तिय तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात १९.१ प्रतिशत नयाँ बजेट विनियाजन भएको हो।
भिडियो-
000
सरकारले वृद्ध भत्ता पाउने उमेर बढाएको छ।
आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले अब वृद्ध भत्ता पाउने उमेर ७० वर्ष बनाइएको जानकारी दिएका हुन्।
तर, दुर्गम र लक्षित वर्गका लागि भने यथावत् रहेको छ।
सरकारले यसअघि अरसठ्ठी वर्ष पूरा भएकालाई वृद्ध भत्ता दिँदै आएको थियो।
000
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रविरुद्ध प्रश्न उठाउने दुस्साहस भइरहेको भन्दै आपत्ति जनाएका छन्।
बिहीबार काठमाडौंमा गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले गणतन्त्रकाविरुद्ध प्रश्न उठाउने दुस्साहस भइरहेको भन्दै त्यसको प्रतिवाद गर्ने प्रतिवद्धता आजको आवश्यकता रहेको बताएका हुन्।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि फेरी एक पटक आ-आफ्नो ठाउँबाट एकतावद्ध भएर सबैले पहल गर्न जरुरी रहेको उनकाे भनाइ थियाे।
000
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले गणतन्त्रको नेतृत्व जुवाडेजस्तो भएको टिप्पणी गरेका छन्।
एकीकृत समाजवादी पोखरा महानगरको अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गणतन्त्रका नेतृत्वलाई जुवाडे समूहको संज्ञा दिएका हुन्।
गणतन्त्रको जुवामा जित्नेहरू मनपरी बाेलेर हिँडेकाे र हार्नेहरू चाहिँ रूँदै, कराइरहेकाे उनकाे टिप्पणी थियाे।
000
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कांग्रेस नेता मोहम्मद अफताव आलमलाई सफाइ दिने न्यायाधीशहरूलाई ‘बहादुर’को संज्ञा दिएका छन्।
ईंटाभट्टामा जिउँदो मानिस जलाएको अभियोगमा पक्राउ परेका आलमलाई सफाइ दिएर कलंकको कालो टिका लगाएर कालो दिनमा परिणत गरेका न्यायाधीशहरूलाई नेपाली जनताले कहिल्यै नबिर्सिने उनले बताएका हुन्।
जिल्ला अदालत रौतहटको फैसला उल्टाउँदै उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले आलमलाइए सफाइ दिएको थियो।
000
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट देशलाई झनै बर्बाद गर्ने खालको भएकाे टिप्पणी गरेका छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले बजेटबारे यस्तो बताएका हुन्।
कुहिएको काठले राम्रो फर्निचर बनाउन नसक्ने भन्दै अहिलेकाे बजेट बिचौलिया हाँस्ने र गरिब जनता रुने खालकाे भएकाे उनकाे तर्क थियाे।