अभिनेत्री सुरक्षा पन्तको दसैं फुर्सद मास्टर्स थेसिसलाई

सेतोपाटी

काठमाडौँ
फाइल तस्बिर

प्रभाकर गौतम

'घर' फिल्मकी अभिनेत्री सुरक्षा पन्त महिनौंपछि आफ्नै घर बुटवल पुगेकी छन्। धेरैलाई झैं उनलाई पनि दसैंले घर बोलाएको हो। 

तर यो अरू बेला जस्तो सामान्य दसैं होइन। कोरोना महामारी र महिनौंको लकडाउनले धेरै जना यस पटक घर जान-आउन सकिरहेका छैनन्। 

चार दिदीबहिनीमध्ये माहिली सुरक्षाका दिदीबहिनी कोही पोखरा त कोही भारतको बैंगलोरमै अड्किएका छन्। वर्षभरि कोही कता, कोही कता भए पनि दसैंको बहानाले उनीहरूको भेट हुन्थ्यो। हरेक पटकको नयाँ भेटमा उनीहरू पुराना कुरा सम्झेर रमाउँथे। अनि, फेरि अर्को पटक सम्झिनलायक किस्साहरू जन्माउँथे। 

'यस पटकको दसैंमा दिदीबहिनीको जमघट मिस हुने भयो,' पञ्चमीकै दिन बुटवल पुगेकी सुरक्षाले फोन संवादमा भनिन्।

हरेक वर्ष दसैंमा चार दिदीबहिनी डुल्दै सपिङ गर्ने उनीहरूमा भयंकर सपिङ क्रेज भएको सुरक्षा बताउँछिन्। त्यसैले एक दिनले नपुगेर अर्को दिन पनि बजार जान्थे। भनिन्, 'दसैंको दुई दिन त बजार घुमेर किनमेल गर्दै बित्थ्यो।'

सपरिवार हलमा गएर सिनेमा हेर्नु पनि दसैंको अनिवार्य हिस्सा थियो। सिनेमा हल बन्द रहेको यो समयमा सुरक्षाले यो पारिवारिक क्षण पनि मिस गरिन्।

प्रकाशित मिति: : 2020-10-25 09:15:00

प्रतिकृया दिनुहोस्