प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
बिएल संवाददाता
माल्दिभ्समा जारी १३ औँ साफ च्याम्पियनसिप फुटबल अन्तर्गत भारतविरुद्धको फाइनलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेल गुमाउने भएका छन्। दुई पहेलो कार्डको कारण अल्मुताइरीलाई साफले प्रतिबन्ध लगाएको हो।
अल्मुताइरीले लिग चरणमा श्रीलंका र बंगलादेशविरुद्ध पहेँलो कार्ड पाएका थिए।
साफ प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड पाएमा खेलाडीले अर्को खेल खेल्न नपाउने उल्लेख छ। खेलका क्रममा रातो कार्ड पाएमा भने अफिसियलले पनि अर्को खेल गुमाउने नियमावलीमा उल्लेख छ। तर, साफले अलमुताइरीले दुई फरक खेलमा पहेंलो कार्ड पाएको कारण देखाउँदै फाइनलमा प्रतिबन्ध गरेको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने निर्णय गलत भएकाे बताएकाे छ। उसले प्रतियोगिता नियमावली अनुसार अलमुताइरीलाई प्रतिबन्ध लगाउनु उचित नभएको भन्दै साफलाई पत्राचार समेत गरकाे छ।
प्रशिक्षक अल्मुताइरीले पनि साफकाे याे निर्णयले नेपाली फुटबलमाथि अन्याय गरेकाे प्रतिक्रिया दिएका छन्।
‘साफले अन्याय गरेको छ, व्यक्तिगत रिसइवीको कारण साफले कारवाही गरेको लाग्छ,' उनले भने,'साफले आफ्नो नियमलाई पालना गरेन। मलाई कारवाही गर्न नियम परिवर्तन गर्यो।'
त्यस्तै, फरवार्ड अन्जन विष्टले पनि फइनल खेल गुमाउने छन्। दुई पहेँलो कार्डकै कारण अन्जनले फाइनल गुमाउने भएका हुन्। उनले भारतविरुद्ध र बंगलादेशविरुद्धको खेलमा पहेँलो कार्ड पाएका थिए।
त्यस्तै भारतका प्रशिक्षक इगोर स्टिमेक पनि प्रतिबन्धमा परेका छन्। उनले माल्दिभ्सविरुद्धको खेलमा रातो कार्ड पाएका थिए।
नेपाल पहिलाे पटक साफ च्याम्पियनसिपकाे फाइनल खेल्दैछ।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया