नेपाली कांग्रेसको १४औं महाधिवेशन

के हो ‘समुन्नत नेपाल’, कसरी बन्छन् ‘सम्मानित नेपाली’?

समुन्नत नेपाल अवर्तनीय चित्र होइन, यो एउटा जीवन्त अवधारणा हो, यो निरन्तर हिडिरहने समाज रुपान्तरणको मार्ग हो, जसको केन्द्रमा नागरिक छ।

हिमाल खबर

काठमाडौं

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका नेता गगन थापाले बिहीबार आफ्नो अवधारणापत्र सार्वजनिक गरेका छन्। जसमा उनले 'समुन्नत नेपाल, सम्मानित नेपाली'को परिकल्पना गरेका छन्।

उनको ६१ पृष्टको अवधारणfपत्रमा यसबारे विस्तृत रुपमा खुलाइएको छ। जसमा उनले कांग्रसले तत्कालन गर्नुपर्ने कार्य र दीर्घकालीन रुपमा समुन्नत नेपाल निर्माण गर्न हिड्नुपर्ने बाटोको विषयमा आफ्नाे विचार राखेका छन्। उनको अवधारणापत्रको मुख्य अंश:

नेपाली कांग्रेसको तत्कालकाे कार्यसूची:

एक वर्षको सरकार : आगामी आवधिक निर्वाचनसम्मका लागि सरकारको नेतृत्व कांग्रेसको हातमा छ। यसको सदुपयोग गर्दै ओली सरकारले अस्तव्यस्त पारेको अराजक राजनीतिक वातावरणलाई सही बाटोमा ल्याउँदै अगाडि देखिएका संवैधानिक तथा राजनीतिक गतिरोधलाई हटाउने दिशामा दृढ कदम चाल्ने।

संवैधानिक संस्थाहरू सबलीकरण : ओली सरकारबाट शुरू भएको अदालत तथा संवैधानिक निकायमा रहेको गतिरोध र जटिल समस्यालाई सम्बोधन गर्न उपयुक्त राजनीतिक बाटो पहिल्याउने। संवैधानिक संस्थाहरूमा देखा परेको लोकतन्त्रको मर्म विपरितको राजनीतिक हस्तक्षेप, तिनको स्वतन्त्र कार्यसम्पादन गर्ने संवैधानिक अधिकारमाथि भएको प्रहार र आम अराजकताको स्थितिलाई सच्याउँदै त्यस्था संस्थाहरूलाई संवैधानिक भावना अनुसार स्वायत्त र सबल बनाउन योगदान गर्ने।

 

 

प्रकाशित मिति: : 2021-12-10 05:53:00

प्रतिकृया दिनुहोस्