गुल्मीकी एक कोरोना भाइरस संक्रमित महिलाको बुटवलमा मृत्यु भएको छ।
रेसुंगा नगरपालिका ३ तम्घासकी ५३ वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार असोज ३० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी थिइन्। उनको सोही दिन साँझ साढे ६ बजे आईसीयूमा मृत्यु भएको हाे।
प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार गुल्मीमा कोरोनाबाट मृत्यु हुने संख्या ७ पुगेको छ।