पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको १६ हजार ५३१ नमुना परीक्षणबाट उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये २ हजार ४०२ जना काठमाडौं उपत्यकाका छन्।
पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा २४०२ जना कोरोना संक्रमित थपिएका छन्। यसमध्ये काठमाडौंका मात्र १७८४ जना रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जना संक्रमित थपिएका छन्।
यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । उनीहरुमध्ये ७१५ जनाको मृत्यु भएको छ भने ८८ हजार ४० संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार निको हुनेको संख्या ३५२२ जना छन्। यससँगै हालसम्म संक्रमणबाट निको हुनेको संख्या ८८०४० जना पुगेको छ।
देशभर ३७ हजार ३८२ संक्रिय संक्रमित छन् । त्यसमध्ये संस्थागत आइसोलेसनमा १२३३६ जना र होम आइसोलेसनमा २५०४६ जना रहेका छन्। हाल क्वारेन्टिनमा ४८०८ जना रहेका छन्।
नेपालमा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ।