जर्मनी चाञ्सलरको युरोपेली देशलाई चेतावनी– कोरोनाविरूद्ध गम्भीर बन

बिएल संवाददाता

फ्र्याङफर्ट
जर्मनी चाञ्सलर एञ्जेला मार्केल
जर्मनी चाञ्सलर एञ्जेला मार्केल

जर्मनीको १६ वटा राज्यका प्रमुखहरूले कोरोना भाइरसको बढ्दो समस्यालाई लिएर जर्मनी चाञ्सलर एञ्जेला मार्केललाई भेटेपछि उनले युरोपेली युनियन (इयु) लाई गम्भीर हुन आग्रह गरेकी छिन्। 

कोरोनाका कारण देशको अवस्था गम्भीर बन्न पुगेपछि मार्केलले पहिलो पल्ट यस कुरालाई स्विकार गरेकी हुन्। उनले बुधबार इयुमा आवद्ध सबै राष्ट्रलाई चेतावनी दिँदै दोस्रो चरणमा फैलिएको कोरोनाबाट गम्भीर बन्न आग्रह गरेकी थिइन। 

यसै महिनादेखि युरोपका अन्य राष्ट्रमा मात्र होइन, जर्मनीमा पनि कोरोनाको संक्रमण बढ्दो छ। उनले पहिलो चरणअन्तर्गत कोरोनाको महामारीले युरोपमा निम्त्याएको संकटलाई ध्यानमा राख्न चेतावनी पनि दिएकी छिन्। उनले पहिलो गल्तीलाई फेरि दोह¥याउने हो भने अवस्था झन् भयाभह बन्ने बताएकी छिन्। 

‘लकडाउन’ का कारण देशमा परेको आर्थिक बोझतर्फ इसारा गर्दै उनले राज्यका प्रतिनिधिसँग विगतको अनुभवबाट केही सिक्न आग्रह गरेकी थिइन। ‘हामी युरोपेली जनतालाई सजग रहन आवहान गर्छो। उनीहरूले नियममा बाँधिनुपर्ने छ। 

सामाजिक दुरी कायम गर्ने, मुख मास्कले ढाकेर सजगताका साथ आर्थिक गतिविधिमा लाग्नुपर्ने छ,’ उनले भनेकी छिन्। 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गत साता प्रकासित गरेको रिपोर्टमा ७ लाख मानिस युरोपमा संक्रमित भएका छन्। एक सातामा संक्रमितको संख्या ३४ प्रतिशतले बढेपछि मार्केलले सबैलाई चुनौति दिएकी हुन्। 

मार्केलले जुन हिसाबले जर्मनीमा कोरोना फैलिँदैछ, यसलाई यत्तिकै राख्ने हो भने केही दिनमै १९ हजार २ सयको हाराहारीमा दैनिक मानिस संक्रमित हुने बताएकी छिन्। युरोपका अन्य देशको तुलनामा जर्मनीमा थोरै मानिसलाई संक्रमण भएको छ र मर्नेको संख्या पनि कम छ। 

जर्मनीमा हाल ३ लाख ४१ हजार मानिस संक्रमित छन्। जसमा ९ हजार ७ सय ७१ जनाको ज्यान गएको छ।
 

प्रकाशित मिति: : 2020-10-15 18:15:00

प्रतिकृया दिनुहोस्