धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
बुधबार बेलुका ७ बजे दांग्पा १ तेह्रथुमका ४९ वर्षीय पुरुषको आकश्मिक कक्षमा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशीष श्रेष्ठले जानकारी दिए।
उनका अनुसार निमोनिया देखिएसँगै धनकुटा अस्पतालबाट असोज २५ गते प्रतिष्ठानको आकश्मिक कक्षमा भर्ना गरिएको थियो।
भोलिपल्ट ती व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। बिरामीमा अरु कुनै दीर्घ रोग नरहेको सहप्रवक्ता डा श्रेष्ठले बताए।