भारतको सबै ठूलो राज्य उत्तर प्रदेश (युपी) का पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवमा कोरोना पोजेटिभ देखिएको छ। समाजवादी पार्टीका वरिष्ठ नेता मुलायमलाई कोरोना संक्रमण भएको पार्टीले आफ्नो आधिकारीक ट्वीटर अकाउन्टबाट जानकारी दिएको छ।
ट्वीटरमा भनिएको छ, ‘समाजवादी पार्टीका संस्थापक मुलायम सिंह यादवको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ। अहिले त्यस्तो लक्षण देखिएको छैन।’
भारतका अन्य मिडियाले मुलायमकी श्रीमती साधना गुप्तामा पनि संक्रमण भेटिएको बताएका छन्। तर, यसको आधिकारीक पुष्टी भएको छैन।
मुलायम हाल गुरुग्रामस्थित मेदान्त अस्पतालमा भर्ना छन्। समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले ट्वीट गर्दै भनेका छन्, ‘हामी सिनियर डाक्टरको सम्पर्कमा छौं। अहिले नेताजीको अवस्था राम्रो छ।’
भारतमा कोरोनाका कारण ७३ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। यहाँ एक लाख बढी मानिसको निधन भइसकेको छ।