देव गुरुङ र उनी पत्नीलाई काेराेना संक्रमण, शान्ता चाैधरी सिकिस्त

नेम्वाङको रिपोर्ट नेगेटिभ

नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र उनकी पत्नी सांसद यशोदा गुरूङ सुवेदीलाई कोरोना संक्रमण भएको छ।

आइतबार गरिएको पीसीआार परीक्षणको रिपार्ट पोजेटिभ आएको  गुरुङले बिएल नेपाली सेवालाई जानकारी दिए।

उनीहरुलाई कोरोना संक्रमण भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनीहरु घरमै आइसोलेसनमा बसेका छन्।

‘हामीमा कोरोनाको लक्षण देखिएको छैन। तर रिपोर्ट पोजिटिभ आएकाले आइसोलेसनमा बसेका छौं,’ उनले भने।

यता संसदीय दलका उपनेता सुवास नेम्वाङको भने रिपोर्ट नेगेटिभ आएको छ। हिजो गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको नेम्वाङले जानकारी दिए। 

यता उनको ड्राइभरको भने रिपोर्ट पोजिटिभ आएको छ। त्यसैले नेम्वाङले भोलि पुनः नेम्वाङले भोलि फेरि स्वाब दिने छ।

उनका अनुसार पीएसओमा भने रिपोर्ट निगेटिभ नै आएको छ। 

यता भाइरसबाट संक्रमित नेकपाकी सचेतक शान्ता चौधरीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। 

चौधरीका शुक्रबार राति वीर अस्पतालको आइसियूमा सारिएको स्वकीय सचिव सन्तोष दहितले जानकारी दिएका छन्।

दहितका अनुसार श्वासप्रश्वासमा समस्या आएपछि आइसियूमा सार्नुपरेको हो।

उनलाई असोज १९ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो। त्यसअघि आइतबार ज्वरो आएपछि उनी होम आइसोलेसनमा बसेकी थिइन्। 

कोरोना पुष्टि भएपछि उनको त्यहाँ उपचार भइरहेको छ। यद्यपी उनको स्वास्थ्यमा सुधार हुन सकेको छैन। 

२०७० सालमा स्तन क्यानसरको उपचार गराएकी चौधरी गत वर्ष लामो समयसम्म डेंगीका कारण विरामी परेकी थिइन्। उनले क्यान्सरको उपचार भारतको नयाँदिल्लीमा गराएकी थिइन्।

डेंगीबाट निको भएकी उनमा त्यसपछि दमको समस्या सुरू भएको थियो, जसका कारण घरमै अक्सिजन लिने अवस्था सुरू भएको थियो।

प्रकाशित मिति: : 2020-10-12 20:04:00

प्रतिकृया दिनुहोस्