भरतपुरस्थित चितवन मेडिकल कलेजमा सोमबार उपचाररत रूपन्देहीकी एक कोरोना संकमित महिलाको मृत्यु भएको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ की ३५ वर्षीया महिलाको सोमबार दिउँसो ४ बजे उपचारको क्रममा मृत्यु भएको हो।
श्वासप्रश्वासमा समस्या भएकी ती महिला असोज २१ गते अस्पताल भर्ना भएकी थिइन्।
असोज २० गते लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याइएको थियो।
कोभिड कक्षको भेन्टिलेटरमा राखेर उनलाई उपचार गरिएको भएपनि बचाउन नसकिएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले बताए।