२०२१ लाई फर्केर हेर्दा:

यी हुन् २०२१ का चर्चित बलिउड फिल्म

Breaknlinks
Breaknlinks

भाेलिदेखि अंग्रेजी नयाँ वर्ष सुरू हुँदैछ। सन् २०२१ काेराेना महामारीकाे कारणले केही कठिन रह्याे।

काेराेना महामारीकाे असर बलिउड फिल्म उद्याेगमा पनि पर्‍याे। त्यसकारण याे वर्ष धेरै फिल्महरू निर्माण भएर पनि हलसम्म पुग्न सकेनन्। पुगेका फिल्महरूले पनि राम्राे व्यापार गर्न सकेनन्। तथापि केही फिल्मले याे कठिन अवस्थामा पनि नसाेचेकाे सफलता पाए। सम्रगमा याे वर्ष भारतीय फिल्म उद्याेग औसत रह्याे।

हामीले सन् २०२१ मा रिलिज भएका मुख्य फिल्महरूकाे झलक यहाँ दिने काेशिस गरेका छाैँ। 

रामप्रसाद की तेह्रवी 

यो फिल्म १७ अक्टोबर २०१९ मा मुम्बई फिल्म फेस्टिवलमा प्रिमियर भएको थियो। जुन १ जनवारी २०२१ मा नाटकीय रूपमा रिलिज भयाे। फिल्ममा नसीरुद्दीन शाह, विक्रांत मास्सी, कोंकना सेन शर्मा, परमब्रता चटर्जी, विनय पाठक, सुप्रिया पाठक, मनोज पाहवा र विनीत कुमारको अभिनय रहेको छ। जसलाई सीमा पाहवाले निर्देशक गरेकी हुन्। याे फिल्मले पनि याे वर्ष राम्रै प्रतिक्रिया पायाे। 

१२ बजे

१२ बजे २०२१ को भारतीय डरावनी फिल्म हो। जसमा मिथुन चक्रवर्ती, फ्लोरा सैनी, मानव कौल, कृष्ण गौतम र मकरन्द देशपांडेले अभिनय गरेका छन्। जुन रामगोपाल वर्माद्वारा निर्देशित छ। यो फिल्म जनवरी ८ मा रिलिज भएकाे थियाे।

बोलो हाउ

बोलो हाउ २०२१ को भारतीय हिन्दी भाषाको रोमान्टिक ड्रामा फिल्म हो। जुन तरुण धनराजगीरद्वारा निर्देशित र निर्माण गरिएको हो। फिल्ममा अदनान साजिद खान, जान्हवी धनराजगीर र प्रीति निगमको मुख्य भूमिका रहेको छ। जुन १५ जनवारीमा जारी भएको थियो।

मैडम चीफ मिनिस्टर

मैडम चीफ मिनिस्टर भारतीय राजनीतिक ड्रामा फिल्म हो। फिल्ममा ऋचा चड्डा मुख्य भूमिकामा छिन्। सुभाष कपूरद्वारा निर्देशित याे फिल्म जनवरी २२ मा थिएटरमा रिलिज भएको थियो।

टिउसडे र फ्राईडे

तरंवीर सिंहकाे निर्देशन रहेका टिउसडे र फ्राईडे १९ फेबुवारीमा रिलिज भएको थियो। जसमा अनमोल ठकेरिया ढिल्लन, झटलेका ,निकी वालिया, जोआ मोरानी, करिश्मा भण्डारी, आशिम गुलाटी, अनुराधा पटेल, परमित सेठी मुख्य भूमिकामा रहेकाे छ। 

द गर्ल अन द ट्रेन

‘द गर्ल अन द ट्रेन’ मिस्ट्री थ्रिलर फिल्म हो। यो फिल्म बेलायती लेखिका पाउला हकिन्सको उपन्यासमा आधारित छ। फिल्ममा मुख्य भूमिकामा रहेकी परिणिती चोपडा एक रक्सी र समस्याग्रस्त सम्बन्धविच्छेदकर्ताको रूपमा रहेकी छिन्। जो हत्याको अनुसन्धानमा फसेकी हुन्छिन्। यसकासाथै फिल्ममा अविनाश तिवारी, अदिति राव हैदरी र कीर्ति कुल्हारी पनि छन्। रिभुदास गुप्ताद्वारा निर्देशित र रिलायन्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको थियाे। 

मेरा फैजी कलिङ

मेरा फौजी कलिङ  एक्शन ड्रामा फिल्म हो। चलचित्रमा शरमन जोशी, राँझा विक्रम सिंह, बिदिता बाग, माही सोनी, मुग्धा गोडसे, जरिना वहाब र शिशिर शर्माको अभिनय रहेको छ। जसलाई आर्यन सक्सेनाले लेखेका र निर्देशित गरेका छन्। फिल्मले आक्रमणमा आफ्नो ज्यानको बलिदान दिने सिपाहीको कथा र आक्रमणपछि उसको परिवारको संघर्षलाई देखाएको छ। जुन ११ मार्चमा रिलिज भएको थियो।

रुही

रुही  एक कमेडी डरावनी फिल्म हो। फिल्ममा राजकुमार राव, जान्हवी कपूर र वरुण शर्माले अभिनय गरेका छन्। हार्दिक मेहता द्वारा निर्देशित रुही ११ मार्चमा रिलिज भएको थियो।

टाइम टु डान्स 

टाइम टु डान्स एक २०२१ भारतीय नृत्य फिल्म हो। जुन स्टानले डि कोस्टाद्वारा निर्देशित छ। लिजेल डिसोजाद्वारा निर्मित यस फिल्ममा सुराज पंचोली, इसाबेला कैफ र वालुशा डे सुसा मुख्य भूमिकामा छन्। फिल्म नाटकीय रूपमा १२ मार्चरिलीज भएको थियो।

द वाइफ

द वाइफ आकर्षक कथानक डरावनी फिल्म हो। गुरमीत चौधरी र सयानी दत्तकाे अभिनय रहेको याे फिल्म १९ मार्चमा रिलिज भएको थियो। भने, सरमद खानले निर्देशन गरेको हुन्।

सन्दीप और पिंकी फरार

सन्दीप और पिंकी फरार ब्ल्याक कमेडी ड्रामा फिल्म हो। जसलाई  दिबाकर बनर्जीद्वारा निर्देशित र निर्माण गरिएको हो। परिणिती चोपडा र अर्जुन कपूर मुख्य भूमिकामा छन्। जुन १९ मार्चमा रिलिज भएको थियो।

मुम्बई सागा

सञ्जय गुप्ताद्वारा निर्देशित  मुम्बई सागा एक्शन क्राइम फिल्म हो। यसमा जोन अब्राहम, इमरान हाश्मी, काजल अग्रवाल, महेश मांजरेकर, रोहित रोय, अञ्जना सुखानी, प्रतीक बब्बर, समीर सोनी, अमोल गुप्ते र गुलशन ग्रोवरको अभिनय रहेको छ। मुम्बई सागाले मलहरू र अग्लो भवनहरू बनाउन मिलहरू बन्द गरेर मुम्बईको परिवर्तनका चरणहरू देखाउँदछ। फिल्म १९ मार्च  रिलिज भएको थियो।

पग्लाइत

पग्लाइत एक  कालो कमेडी नाटक फिल्म हो। जुन उमेश बिस्टद्वारा निर्देशित छ। फिल्ममा सान्या मल्होत्रा, आशुतोष राणा, श्रुति शर्मा र रघुवीर यादवको मुख्य भूमिका रहेको छ। जुन २६ मार्चमा जारी भएको थियो।

सिरा

यो फिल्म आन्ध्र प्रदेशको रायलसीमा क्षेत्रका भारतीय स्वतन्त्रता कार्यकर्ता उयालवाडा नरसिम्हा रेड्डीको जीवनबाट प्रेरित छ। जसले १८५७ को भारतीय विद्रोह हुनुभन्दा १० वर्ष अगाडि १८४७ मा ईस्ट इन्डिया कम्पनीको अत्याचारविरुद्ध विद्रोह गरेका थिए। जसमाचिरञ्जीवी, नयनतारा, तमन्ना, सुदीप, विजय सेतुपति, जगपति बाबु अभिनित छ। सुरेन्द्र रेड्डीले निर्देशन सायरा २६ मार्चमा जारी भएको थियो।

फ्लाइट 

फ्लाइट एक थ्रिलर फिल्म हो। फिल्ममा मोहित चड्डा, पवन मल्होत्रा, जाकिर हुसेन, शिबानी बेदी लगायतका कलाकारहरुको अभिनय रहेको छ।जसको निर्देशन सुरज जोशीले गरेका हुन्। फ्लाइट २ अप्रिलमा रिलिज भएको थियो। चलचित्रले रणवीर मल्होत्राको यात्रालाई देखाउँछ। जसले बाँच्नको लागि विमानमा घातक अवरोधहरूको सामना गरेको छ।

कोई जाने ना 

कोई जाने ना एक मनोवैज्ञानिक थ्रिलर फिल्म हो। जुन अमीन हाजीद्वारा निर्देशित र कुणाल कपूर र अमिरा दस्तुर अभिनित छ। फिल्म २ अप्रिल रिलीज भएको थियो।

दि बिग बुल 

बिग बुल वित्तीय थ्रिलर फिल्म हो। जसको निर्देशन कुकी गुल्लाटीले गरेका थिए। फिल्म १० वर्षको अवधिमा वित्तीय अपराधमा संलग्न स्टार्स ब्रोकर हर्षद मेहताको जीवनमा आधारित छ। फिल्ममा अभिषेक बच्चन शीर्षक नायक को चित्रणमा रहेका छन्। भने, निकिता दत्त, इलियाना डीुक्रूज, सोहम शाह, राम कपूर र सौरभ शुक्ला रहेका छन्। फिल्म ८ आप्रिलमा  रिलिज भएको थियो।

हम भी अकेले तुम भी अकेले

हम भी अकेले तुम भी अकेले हरीश व्यासद्वारा निर्देशित छ। फिल्ममा अंशुमान झा, जरीन खान, रवि खानविलकर, गुरफतेह पिरजादा र नितिन शर्माले सहयोगी भूमिकामा अभिनय गरेका छन्। यो फिल्म ३ मे मा हटस्टारमा रिलीज भएको थियो।

राधे

योर मोस्ट वान्टेड भाइमा प्रभु देवाद्वारा निर्देशित फिल्म हो। फिल्ममा सलमान खान, सोहेल खान, अतुल अग्निहोत्री, दिशा पटानी, रणदीप हुड्डा, ज्याकी श्राफ, मेघा आकाश रहेका छन्। फिल्म कोरियाली फिल्म द आउटलाजमा आधारित छ।

सरदारका ग्रान्डसन

सरदारका ग्रान्डसन हास्यनाटक फिल्म काश्वी नायरद्वारा निर्देशित छ। फिल्ममा अर्जुन कपूर, नीना गुप्ता र रकुल प्रीत सिंह मुख्य भूमिकामा छन्। यो १९४६ मा सुरु भएको र २०२० सम्म जारी रहेको तीन पुस्ताको प्रेम कहानी हो। जोन अब्राहम र अदिति राव हैदरीले १९४६ को ट्र्याकमा अर्जुन कपूरका हजुरबुवाको भूमिका निभाएका थिए।

प्रकाशित मिति: : 2021-12-31 20:17:00

प्रतिकृया दिनुहोस्