नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु, मृतक ६ सय ४५ पुगे

नेपालमा कोरोना भाइरसबाट थप ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ महिला र ७ जना पुरुषको मृत्यु भएको हो।

काठमाडौंमा ७१ वर्षीया र चितवनमा ४० वर्षीया महिलाको मृत्यु कोरोना भाइरसबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

यस्तै सुनसरीमा ३७ वर्षीय, ८९ वर्षीय र ९० वर्षीय पुरुषको मृत्यु भएको छ। यस्तै ललितपुरमा ५० वर्षीय, रुपन्देहीमा ७४ वर्षीय, काठमाडौंमा ६३ वर्षीय र ६७ वर्षीय पुरुषको मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ।

आज १४ हजार ५ सय ३० पीसीआर परीक्षण भएकोमा नेपालमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण देखिएको छ। 

१ हजार ५ सय ६५ महिला र २ हजार ४ सय ८२ पुरुषमा संक्रमण देखिएको मन्त्रालयकाले जनाएको छ।

प्रकाशित मिति: : 2020-10-12 17:39:00

प्रतिकृया दिनुहोस्