लकडाउनको एक वर्ष

नेपालमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएको हो ?

रातोपाटी

काठमाडौं

छिमेकी मुलुक भारतसहित विभिन्न देशमा कोरोनाभाइरस (कोभिड—१९) संक्रमणको दोस्रो लहर आइसकेको अवस्थामा नेपालमा पनि जोखिम बढ्न सक्ने चेतावनी जनस्वास्थ्यविद्हरुले दिँदै आएका छन्।

कोरोना संक्रमणको दोस्रो लहरले प्रभावित मुलुकहरूबाट नेपाल आउने नागरिकमार्फत संक्रमण फैलिन सक्ने भन्दै आवश्यक स्वास्थ्य सतर्कता अपनाउनुपर्नेमा उनीहरुको जोड छ।

खासगरी भारतमा कोरोना संक्रमण दर बढ्न थालेसँगै त्यसको प्रभाव नेपालमा पर्न सक्ने जनस्वास्थ्य वैज्ञानिक डाक्टर समीरमणि दीक्षित बताउँछन्।

के हो कोरोनाको दोस्रो लहर ?

कोरोना संक्रमणको लहरलाई समुद्री छालसँग तुलना गर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह—प्रवक्ता डा.समीरकुमार अधिकारी बताउँछन्।

समुद्री छाल बढेर माथि पुग्ने र त्यसपछि तल झर्ने गरेझैँ पहिलो पटक कोरोना संक्रमण सुरु भएर उच्च विन्दुमा पुग्नुलाई ‘पहिलो लहर’ का रुपमा बुझ्नुपर्ने उनले बताए।

प्रकाशित मिति: : 2021-03-24 10:36:00

प्रतिकृया दिनुहोस्