युरोप फेरि कोरोनाको चपेटामा

जेनेभा। युरोपमा फेरि कोरोना संक्रमण बढेको छ। दोस्रो चरणअन्तर्गत पछिल्लो समय युरोपमा मात्र एक लाखभन्दा बढी मानिस संक्रमित भएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसअघि नै युरोपेली राष्ट्रलाई चाहिनेभन्दा बढी खुकुलो बनाएको भन्दै आलोचना गरेको थियो। बेलायत, रुस, स्पेन र फ्रान्समा पछिल्लो समय सबैभन्दा बढी मानिस प्रभावित भएका छन्। 

बेलायती प्रधानमन्त्रीले यस विषयमा एउटा स्पष्ट सन्देश दिन खोजेका छन्, सोमबारदेखि प्रतिबन्धको नयाँ घोषणा हुन सक्छ। 

प्रधानमन्त्री बोरिस जोन्सनले पब र रेस्टुरान्ट बन्द गर्ने सम्भावना प्रबल छ। सरकारलाई उद्योग–व्यवसाय खुला राख्नुपर्ने चुनौतिका बीच लन्डनमा ‘लकडाउन’ को सम्भावना कम मानिएको छ।

प्रकाशित मिति: : 2020-10-11 11:41:00

प्रतिकृया दिनुहोस्