लुम्बिनी प्रदेशका कानुनमन्त्री केसीलाई कोरोना संक्रमण

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

आज बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कोरोना पाेजेटिभ देखिएको स्वकीय सचिव पवन कुँवरले पुष्टि गरे।

 सामान्य रुघाखोकी लागेर स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान द्रुत स्वाब परीक्षणमार्फत उनको पिसिआर परीक्षण गरिएको थियो। कोरोना पुष्टि भएपछि उनी अहिले मन्त्रालयकै निवासमा होम आइसोलेसन बसेका छन्।

मन्त्री केसीलाई कोरोना संक्रमण पुष्टि भएसँगै अन्य हाई प्रोफाइलका व्यक्तिहरू पनि जोखिममा परेका छन्।

गत मंगलबार मात्रै प्रदेशसभा बैठकमा सहभागी भएका केसीलाई संक्रमण भएपछि अन्य सहभागीहरूमा पनि संक्रमणको जोखिम बढेको हाे।

बैठकमा सहभागी मुख्यमन्त्री शंकर पोखरेललगायत सरकारका मन्त्रीहरू, सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरु समेत बैठकमा सहभागी थिए।

प्रकाशित मिति: : 2020-10-09 15:22:43

प्रतिकृया दिनुहोस्