विराटनगर र धरानमा काेराेना संक्रमणबाट चारजनाको मृत्यु

कोरोना संक्रमणका कारण विराटनगर र धरानमा चारजनाको मृत्यु भएको छ। 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुक्रबार धरानमा दुई र नोबेल मेडिकल कलेज विराटनगरमा दुईजनाको मृत्यु भएको हो।

नोबेलमा रंगेली नगरपालिका ९ र धरान उपमहानगरपालिका १२ का पुरुषको मृत्यु भएको हो। बीपीमा इटहरी र दुहबीका पुरुषको मृत्यु भएको छ।

नोबेलमा मोरङको रंगेली ४ का ७२ वर्षीय संक्रमित वृद्धको बिहीबार राति करिब १० बजे मृत्यु भएको हो।

नोबेलका प्रबन्धक नारायण दाहालका अनुसार बुधबार बिहान अस्पताल ल्याइएका ७२ वर्षीय वृद्धको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो।

 मृतकमा थाइराइड र फोक्सो सम्बन्धी समस्या थियो। नोबेलकै प्रयोगशालामा जाँच गर्दा उनलाई बुधबार कोरोना पोजेटिभ देखिएको थियो।

१७ असोजमा नोबेलमा भर्ना भएका सुनसरी धरान उपमहानगरपालिका १२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बिहान करिब ७ बजे मृत्यु भएको हो। मृतकमा श्वास फेर्न गाह्रो हुने र फोक्सोमा संक्रमणको समस्या थियो।

बीपी प्रतिष्ठान धरानमा उपचाररत दुईजना संक्रमितको शुक्रबार बिहान मृत्यु भएको हो।

इटहरी उपमहानगरपालिका ६ का ६८ वर्षीय पुरुषको बिहीबार राति साढे १२ बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए। वृद्धलाई असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो। 

प्रतिष्ठानमा दुहबी नगरपलिकाका ५२ वर्षीय संक्रमित पुरुषको शुक्रबार बिहान २ बजेतिर मृत्यु भएको हो। मृतकमा मिर्गौला रोगको गम्भीर समस्या थियो।

प्रकाशित मिति: : 2020-10-09 12:11:15

प्रतिकृया दिनुहोस्