धनुषामा थप एक कोरोना संक्रमितको मृत्यु

धनुषामा थप एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा शहीदनगर नगरपालिका १ का ७० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हाे।

ज्वराे आउनुका साथै श्वासप्रश्वासमा समेत समस्या भएपछि उनी असोज २० गते अस्पतालमा भर्ना भएका थिए । 

सोही दिन पीसीआर परीक्षण गर्दा बुधबार दिउँसो उनको रिपोर्ट पोजिटिभ आएको थियो।  

मुटुका रोगी समेत रहेका उनको उपचारकै क्रममा बुधबारै राति मृत्यु भएको स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले जानकारी दिए।

प्रकाशित मिति: : 2020-10-08 14:22:02

प्रतिकृया दिनुहोस्