धनुषाको शहिदनगर नगरपालिकामा कोरोना भाइरसको संक्रमणबाट फेरि एक जनाको मृत्यु भएको छ।
प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा शहिदनगर नगरपालिका १ का ७० वर्षीय पुरुषको बुधवार साँझ मृत्यु भएको हो।
असोज २० गते अस्पताल भर्ना भएका उनको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा असोज २१ गते नै रिपोर्ट पोजेटिभ आएको थियो।अस्पतालकाअनुसार ति पुरुष पहिलेदेखि मुटु तथा श्वासप्रश्वास समस्याबाट पीडित थिए।
मृतकको शव अहिले अस्पतालमै राखिएको छ। आज नेपाली सेनाको टोलीले शव ब्यवस्थापन गरिने बुझिएको छ। यसअघि शहिदनगरमै २ जनाको ज्यान गइसकेको छ। योसँगै धनुषामा कोरोनाले ज्यान गुमाउनेको संख्या १८ र प्रदेश २ मा १४४ पुगेको छ।