काेराेना भाइरस संक्रमणबाट चितवनमा थप २ जनाकाे ज्यान गएकाे छ ।
भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर-१० का ६१ वर्षीय पुरुषको आज साँझ ज्यान गएकाे हाे । स्वास्थ्यमा समस्या देखिएपछि ती पुरूष असाेज ८ गते अस्पताल भर्ना भएका थिए ।
आज साँझ मात्र ती पुरूषमा संक्रमण पुष्टि भएकाे थियाे । संक्रमण पुष्टि भएकाे केही समयमै ती पुरूषकाे ज्यान गएकाे अस्पतालले जनाएकाे छ । ती पुरूष मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।
पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत राप्ती नगरपालिका-९ का ८१ वर्षीय पुरुषको पनि आजै साँझ ज्यान गएकाे छ । श्वासप्रश्वासमा समस्या देखिएपछि आज साँझ ती पुरूष अस्पताल भर्ना भएका थिए । भर्ना भएकाे आधा घण्टामै ती पुरूषकाे ज्यान गएकाे अस्पतालले जनाएकाे छ ।
असाेज १८ गते स्वाब दिएका ती पुरूषमा निधन भएकाे केही समयमा आजै संक्रमण पुष्टि भएकाे छ ।