चितवनमा उपचाररत एक जना काेराना संक्रमित पुरूषकाे ज्यान गएकाे छ ।
भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत पूर्वी नवलपरासी (नवलपुर) काे कावासोती नगरपालिका-५ का ७७ वर्षीय पुरूषकाे मंगलबार बिहान निधन भएकाे हाे ।
अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार निमोनिया र श्वासप्रश्वासमा समस्या भएपछि ती पुरूष असाेज १६ अस्पताल भर्ना भएका थिए। उपचारकै क्रममा ती पुरूषमा असाेज १८ गते संक्रमण पुष्टि भएकाे थियाे ।
संक्रमण पुष्टि भएलगत्तै आइसीयूमा राखेर उपचार थालिएकाे थियाे । उपचारकै क्रममा ती पुरूषकाे मंगलबार बिहान निधन भएकाे हाे ।
चितवनकाे प्रयाेगशालामा गरिएकाे पीसीआर परीक्षणबाट मंगलबार थप ७५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
भरतपुरस्थित चितवन मेडिकल कलेज (सीएमसी) को प्रयाेगशालामा गरिएकाे परीक्षणबाट थप ७५ जनामा कोरोना देखिएकाे हाे । कलेजले सार्वजनिक गरेकाे पछिल्लाे तथ्यांक अनुसार चितवनका ५६ सहित ७५ जनामा संक्रमण देखिएकाे हाे ।
चितवनकाे भरतपुर महानगरपालिकाका ४९, रत्ननगर नगरपालिकाका ५, खैरहनीका १ र राप्ती नगरपालिकाका १ जनामा संक्रमण देखिएको छ ।
पूर्वी नवलपरासीका ११, मकवानपुरका २, पश्चिम नवलपरासीका १, तनहुँका १, गोरखाका १, काठमाडौंका १, प्युठानका १ र पर्साका १ जनामा पनि संक्रमण पुष्टि भएकाे छ ।
असोज १९ गते परीक्षण गरिएका २ सय ८२ नमुनामध्ये ७५ जनाकाे रिपोर्ट पोजेटिभ आएकाे हाे ।१ सय ७ नमुनाको रिपोर्ट नेगेटिभ आएको सीएमसीले जनाएकाे छ ।