व्हाइट हाउसका प्रेस-सचिवसहित थप दुई सहयोगीलाई कोरोना संक्रमण

बिएल संवाददाता

वासिङ्टन डिसी

ह्वाइट हाउसका प्रेस सेक्रेटरी कायले म्याक्नीसहित थप २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

रोगको कुनै लक्षण नभए पनि उनले कोभिड-१९ को परीक्षण गरेपछि आफू संक्रमित भएको जानकारी ट्वीटरमार्फत दिएकी थिइन्।

सिएनएनका अनुसार म्याकेनी कोरोना भाइरस लाग्ने व्हाइट हाउसकी पछिल्लो कर्मचारी हुन्। यो सँगै वेस्ट विङको प्रकोप कत्तिको व्यापक हुनेछ भन्ने बारेमा प्रश्नहरू थपेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य कर्मचारी र बाहिरका सल्लाहकारले भाइरसको संक्रमण परीक्षण गरेदेखि नै उनले सार्वजनिक रूपमा मास्क प्रयोग गर्नदेखि भागिराखेकि थिईन्।

उनी सोमबार बिहान फक्स न्यूजमा उपस्थिति हुनुपर्ने कार्यक्रमसमेत रद्द भएको थियो । पछि प्रेस सेक्रेटरीले उनी भाइरसको संक्रमण भएको सार्वाजनिक  गरिन्।

दुई म्याकेनीका कार्यकारी चाड गिलमार्टिन र करोलिन लेभिटले पनि कोरोनाभाइरसको संक्रमण भएको सोमबार दिउँसो सीएनएन श्रोतले भने।

व्हाइट हाउसका प्रेस कर्मचारीहरू टाढाबाट काम गरिरहे पनि केहि आवश्यक कामदारहरू अझै पनि व्हाइट हाउसमा छन्।

म्याकेनीले सोमबार देखिनै सेल्फ आइसोलेशनमा बसेर उपचार गर्ने भएकी छन्।

प्रकाशित मिति: : 2020-10-06 00:28:26

प्रतिकृया दिनुहोस्