विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा थप एकजनाको मृत्यु भएको छ ।
उपचाररत विराटनगर महानगरपालिका ९ का ६२ वर्षीय पुरुषको मृत्यु भएको कोभिड उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले बताए।
उनकाे आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो ।
शुक्रबार कोरोना पोजेटिभ देखिएका पुरुषकाे स्वास्थ्यमा थप समस्या आएपछि विराट मेडिकल कलेजले उनलाई शनिबार कोसी अस्पताल रेफर गरेको थियो ।
उनी मधुमेहका बिरामी थिए ।