प्रधानमन्त्री ओलीको कपाल काट्ने हजामलाई पनि कोरोना संक्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीका कपाल काटिदिने हजाम (नाई)लाई पनि कोरोना संक्रमण देखिएको छ । प्रधानमन्त्री ओलीसहित प्रधानमन्त्री निवास, बालुवाटारमा रहने सल्लाहकारहरुको पनि उनैले कपाल काट्दै आएका थिए ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ जना सुरक्षाकर्मीमा पनि कोरोना भाइरस पोजेटिभ आएको छ । संसदीय दलका उपनेता सुवास नेम्वा , स्वकीय सचिव राजेश बज्राचार्यसहित अझै केहीको रिपार्ट आउन बाँकी नै रहेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रकाशित मिति: : 2020-10-03 20:46:21

प्रतिकृया दिनुहोस्