बाँकेका बिहीबार थप दुई काेराेना संक्रमितको मृत्यु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का ५२ वर्षीय पुरुष र सुर्खेतकी ७५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हाे। उनीहरु दुवैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको थियो।
बिहीबारको सहित गरेर बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए।
सुर्खेतकी बृद्धालाई जोड्दा जिल्ला बाहिरबाट उपचार गराउन आउँदा बाँकेमा मृत्यु हुनेको संख्या ८ पुगेको छ।