नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको पछिल्लो पीसीआर परीक्षणमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पर्साका २४ र बाराका ३, सर्लाहीका ३ जना गरी ३० जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश कुमार चौरसियाले जानकारी दिए।
९६ जनाको स्वाब परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको डा चौरसियाले बताए।
थपिएका संक्रमितहरुमध्ये १० जना पुरुष र २० जना महिला रहेका छन्। उनीहरुको उमेर समुह ९ देखि ६९ वर्षसम्मका रहेको डा चौरसियाले बताए।
थपिएका संक्रमतिमा वीरगञ्ज महानगरका २४ जना र ३ जना बारा सखुवाप्रसौनी गाउँपालिका, महागढीमाई, कलैयाका रहेका छन्।
यस्तै रौतहटका २, कटरीयाका १, फतुवाविजयपुर नगरपालिकाका १, बसयारीया गाउँपालिका सर्लाहीका १ जना रहेको डा चौरासियाले बताए।