वीरगन्जमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

पर्साको नारायणी अस्पतालको परीक्षण केन्द्रमा बुधबार गरिएको परीक्षणमा थप ३० जनामा कोरोना पोजेटिभ भएको नारायणी अस्पतालका डाक्टर अतुलेस कुमार चौरियाले जानकारी दिए।

बुधबार राति गरेको ९६ परीक्षणबाट १० महिला र २० पुरूषसहित ३० जनामको कोरोना पुष्टि भएको हो।

पुष्टि हुनेमा ९ वर्षदेखि ६९ वर्षसम्मका छन्। यसमध्ये पर्साका २४ जना, बाराका २ जना, रौतहटका २ जना र सर्लाहीका १ जना छन्।

पर्साका सबै २४ जनै वीरगन्ज महानगरपालिकाका हुन्। यस्तै बाराका ३ जना मध्ये महागढीमाई नगरपालिका, कलैया उपमहानगरपालिका र प्रशी गाउँपालिकाका १-१ जना छन्।

यस्तै रौतहटका २ जनामध्ये कटहरिया गाउँपालिका र फतुवा विजयपुर नगरपालिकाका १-१ जना छन्।

यस्तै बसबारिया गाउँपालिका सर्लाहीका १ जना संक्रमित फेला परेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: : 2020-10-01 00:16:48

प्रतिकृया दिनुहोस्