बाँकेमा कोरोना भाइरस संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ।
नेपालगञ्ज ७, रानीतलाउका ३९ वर्षीय पुरुष र कोहलपुर १० का ५३ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठलेले जानकारी दिए।
नेपालगञ्जका ३९ वर्षीय पुरुष नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी हुन्।
स्वास्थ्यमा समस्या आएपछि उनलाई भदौ ३१ गते अस्पतालमा भर्ना गरिएकाे थियाे। त्यही दिन स्वाव लिएर कोभिड परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो। उनलाई उच्च रक्तचापको समस्या थियो।
उनकाे आज बिहान ३ः३० बजे उनको मृत्यु भएको हाे।
यता कोहलपुरका ५३ वर्षीयको विहान ४ः१५ बजे मृत्यु भएको छ। मधुमेहका समस्या रहेका उनी असोज ४ गते अस्पताल भर्ना भएका थिए।
उनमा ६ गते कोरोना संक्रमण पुष्टि भएकाे थियाे। याेसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ।