कोरोना अपडेटः संक्रमित १५७३, डिस्चार्ज ८८५, मृत्यु १०

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार १२३ परीक्षणमा थप १ हजार ५ सय ७३ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ७३ हजार नाघेको छ। आजसम्म ७३ हजार ३ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये १९ हजार १९ जना सक्रिय संक्रमित रहेका छन् ।

संस्थागत आइसोलेसनमा ८ हजार ३ सय २१ जना छन् भने १० हजार ६ सय ९८ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा ८८५ जना संक्रमित निको भएर घर फर्किएका छन्। अहिलेसम्म निको हुनेको संख्या ५३ हजार नाघेको छ। यो सँगै निको हुनेको संख्या ५३ हजार ८९८ जना पुगेको मन्त्रालयको तथ्यांक छ।

देशभर ६ हजार २ सय ८१ जना क्वारेन्टाइनमा छन् ।

यस्तै पछिल्लो २४ घन्टामा १० जनाको ज्यान गएको छ। मन्त्रालयका अनुसार अहिलेसम्म ४७७ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-09-27 16:26:12

प्रतिकृया दिनुहोस्