कोरोना संक्रमणबाट नेपालगन्ज मेडिकल कलेजका कर्मचारीकाे मृत्यु

बाँकेमा कोरोना भाइरस संक्रमणबाट नेपालगन्ज मेडिकल कलेज कोहलपुरका कर्मचारीकाे मृत्यु भएको छ।

नेपालगन्ज उपमहागरपालिका ९ का ४७ वर्षीय पुरुषको  उपचारका क्रममा आइतबार बिहान ५ बजे मृत्यु भएको हो। 

मृतक ४७ वर्षीय पुरुषमा पहिलेदेखि नै मधुमेहको रोग रहेको र उपचारका क्रममा फोक्सोको दुवै भागमा निमोनिया देखिएको थियो। 

भाद्र ३१ गते स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भए लगत्तै अस्पताल भर्ना गरिएको थियो। 

उपचारका क्रममा उनलाई प्लाज्मा थेरापीसमेत दिइएको र उपचारका सबै उपायहरु अपनाउँदा पनि बचाउन नसकिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।

योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ।

प्रकाशित मिति: : 2020-09-27 12:18:16

प्रतिकृया दिनुहोस्