नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ९ हजार ५ सय ८४ जनाको पीसीआर परीक्षण गर्दा १३२५ जनामा पोजेटिभ देखिएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६४१२२ पुगेको छ।
पछिल्लो २४ घण्टामा ९६६ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४६ हजार २३३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार ५८४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख १४ हजार २९० जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ९ हजार ७१ जना र होम आइसोलेसनमा ८ हजार ४०७ जना रहेका छन् । आजसम्म देशभर ७ हजार ४५१ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १९० जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
शनिबार देशभर एक हजार २०४ कोरोना भाइरस संक्रमित थपिएका थिए । यसअघि शक्रबार हालसम्मकै दैनिक सबैभन्दा बढी दुई हजार २० कोरोना भाइरस संक्रमित थपिएका थिए ।
पछिल्लो २४ घन्टामा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ४११ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।