काेराेना संक्रमणबाट पहिलाेपल्ट नेपाली सैनिकको मृत्यु

 एक कोरोना भाइरस संक्रमित नेपाली सैनिकको मृत्यु भएको छ। 

रामेछाप घर भएका ३४ वर्षीय सेनाको मृत्यु भएको हो। काठमाडौं उपत्यकाभित्र कार्यरत सैनिकको भदौ २९ गते उपचारको क्रममा मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। 

‘मृत्युपछि उहाँको कोरोना रिपोर्ट पोजिटिभ आएको हो,’ प्रवक्ता पौडेलले भने।

लामो समयदेखि ब्लडक्यानसरबाट पीडित उनी सेनाको छाउनीस्थित अस्पतालमा उपचार गराइरहेका थिए। 

असोज १ गते उनको कोरोना रिपोर्ट पोजिटिभ आएको हो। नेपालमा कोभिड १९ संक्रमित सुरक्षाकर्मीको यो पहिलो मृत्यु हो।

प्रकाशित मिति: : 2020-09-20 12:51:13

प्रतिकृया दिनुहोस्