निजी ल्याब सञ्चालकहरूले दुई हजार रुपैयाँमा पीसीआर गर्न नसक्ने बताएका छन् । सोमबार निजी ल्याबहरूले विज्ञप्ति निकालेर दुई हजारमा परीक्षण गर्न नसकिने बताएका हुन् ।
'सरकारले तोकेको दुई हजार शुल्कमा कोरोना परीक्षणको ल्याब खर्च नउठ्ने देखिएकोले पुरानो शुल्क ४ हजार ४०० मा कोरोना परीक्षणको व्यवस्था मिलाउन सरकारसँग अनुरोध गर्दै उक्त २ हजारमा हामी परीक्षण गराउन नसक्ने कुरा जानकारी गराउँछौँ,' विज्ञप्तिमा भनिएको छ ।
विनालेटर हेडमा १३ जनाको हस्ताक्षर रहेको विज्ञप्तिमा ल्याब सञ्चालकहरूले नाम र ल्याब भने उल्लेख गरिएको छैन । सरकारले तेस्रो पटक आइतबार पीसीआरको शुल्क दुई हजार रुपैयाँ कायम गरेको थियो ।