नवलपरासी मध्यविन्दुका ६० वर्षीय पुरुषमा मृत्युपश्चात काेराेना पुष्टि

गण्डकीमा थप एक जनाकाे मृत्युपश्चात कोरोना भाइरसकाे संक्रमण रहेकाे पुष्टि भएको छ। 

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबार बिहान दिएको जानकारीअनुसार भदौ २६ गते मृत्यु भएका नवलपरासीको मध्यविन्दु १२ का ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

याेसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २८ पुगेको छ।

उपचारका क्रममा लुम्बिनी अस्पतालमा मृत्यु भएका ती व्यक्तिमा निमोनिया र स्वासप्रश्वाससम्बन्धी समस्या थिए।

प्रकाशित मिति: : 2020-09-14 07:39:16

प्रतिकृया दिनुहोस्